सोसल मिडिया
रुकुम पूर्व । रुकुम पूर्वको पर्यटकियस्थल कमलदहको नियमित सरसफाइलाई गर्ने क्रममा आज बिद्यार्थीहरुसहितको टाेलीले सरसफाई गरेका छन् ।
जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको जिल्लाकै पर्यटन सम्भावना बोकेको कमलदह सरसफाई अभियानले यो साता पनि निरन्तरता पाएको हो । शनिबारका दिन जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयका कर्मचारी, बिद्यालयका शिक्षक तथा बिद्यार्थी, स्थानीय लगायतको सहभागितामा सरसफाई गरिएको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सुरक्षा निकायहरुको पहलमा दहभित्रको पटार निकाल्ने कार्य ३ हप्ता निरन्तर चलेको थियो । त्यसपछि दहबाट निकालिएको पटार किनारा लगाउने काम आज गरिएको हो ।
रुक्मिणी माध्यामिक बिद्यालयमा गठित रेडक्रस, स्काउट, बाल क्लबले उक्त सरसफाई कार्यक्रममा सहभागिता जनाएको हो । बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लको नेतृत्वमा बिद्यालयका शिक्षकहरुको समेत सहभागितामा आज पटार किनारा लगाउने काम भएको हो ।