नेभिगेशन
समाज

कर्मचारी कुटिएको बिरोधमा नगरपालिकामा तालाबन्दी

नगरप्रमुख समक्ष सात बुँदे माग पेश

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा तालाबन्दी गरिएको छ ।

नगरपालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीलाई उप प्रमुख बिमल कुमार पुनले हातपात, दुव्र्यवहार र गालि गलौज गरेको भन्दै नगरपालिकामा कार्यरत कर्मचारीहरुले शान्तिपूर्ण बिरोध कार्यक्रम अन्तर्गत तालाबन्दी गरेका हुन् । 

नगरपालिकामा कार्यरत कर्मचारीहरुको जीउको रक्षार्थ र पेशागत सुरक्षाको लागि शान्तिपूर्ण बिरोध कार्यक्रम अन्तर्गत नगरपालिकाको मूल गेटमा तालाबन्दी गरिएको हो । 

शनिबार जिल्लाको त्रिभुवन जनता माविमा आवश्यक कर्मचारीको लागि काम गर्ने क्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा परीक्षा समितिको काम भईरहेको बेला नगर उप प्रमुख बिमल कुमार पुनले नगरपालिकाकै शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीलाई हातपात गर्नुभएको थियो । 

उक्त घटनाको बिरोधमा कर्मचारीहरुले अनिश्चितकालको लागि नगरपालिका बन्द गरेको जनाएका छन् । 

नगरप्रमुख समक्ष सात बुँदे माग 

371794764_321174667037095_2368559436485851631_n1693115413.jpg

यसैबिच नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले नगरप्रमुख समक्ष आठ बुँदे माग पेश गरेका छन् । प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, दोषिलाई कडा भन्दा कडा कारबाहि गर्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाहि गर्नुपर्ने माग नगरप्रमुख समक्ष राखिएको छ । 

त्यसैगरी कानूनको कार्यान्वयनमा जनप्रतिनिधिहरू पन्छिएर कर्मचारीहरुलाई दोष लगाउने कार्यको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीहरूले एक अर्काको भूमिका र काममा हस्तक्षेप गर्न नपाउने र उच्च स्तरिय न्यायिक छानबिन समिति गठन गरिनुपर्ने काम राखिएको छ । 

सम्पूर्ण कर्मचारीहरुको तर्फबाट निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले नगरप्रमुख महेन्द्र केसीलाई उक्त माग पेश गर्नुभएको हो । 

सम्बन्धित समाचार .....

370633039_718105733485438_2072080875557577620_n1693115416.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज