Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा घाईते महिलाको हेलिकप्टरबाट उद्धार

आइतबार, भदौ १०, २०८०
tribeni2
  • सत्य बटाला 

रुकुम पश्चिम । घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते हुनुभएकी एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ खेत निवासी ३५ बर्षिया बासमती दमाईलाई उद्धार गरिएको हो। शनिवार बिहान घरबाट घाँस काट्न जानुभएकी दमाई घर नजिकैको भिरबाट लडेर घाईते हुनुभएको थियो ।

वडा नम्वर २ स्थित स्यालाखदी स्वास्थ्य चौकीमा उहाँको उपचार सम्भव नभएपछी नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको छ । आठविसकोट नगरपालिकाको पहलमा घाईतेको उद्धार गरेर गरिएको हो ।

घटनास्थलसम्म जान सडक अबरुद्ध रहेको  र घाईतेको उद्धारमा कठिनाई भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको आठविसकोट नगरपालिकाका प्रमुख प्रमुख रवि केसीले बताउनुभयो । घाईतेको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि सुर्खेत पठाईएको हो । 

आठविसकोट नगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष देव बहादुर घर्तीका अनुसार घाईते दमाईको टाउको फुटेको र खुट्टा दुई ठाउँमा भाँचिएको छ ।

शनिवार बेलुका स्वास्थ्य चौकी पुर्याएकी उहाँलाई प्राथमिक उपचारपछी आईतबार प्रदेश अस्पताल सुर्खेत पठाईएको वडाअध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २२:०८
प्रतिक्रिया दिनुहोस्