Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहमतिपछि मुसिकोटमा तालाबन्दी खोलियो

सोमबार, भदौ ११, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्मचारी कुटिएको बिरोधमा गरिएको तालाबन्दी खुलेको छ ।

शनिबार नगर उपप्रमुख बिमल कुमार पुनले नगर शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुव्र्यवहार गरेको भन्दै आईतबारबाट नगरपालिका बन्द गरिएको थियो । 

आन्दाेलनरत कर्मचारीहरु र उपप्रमुख सहितको टोलीबिच सहमति भएपछि ताला खुलेको हो । आज नगर उपप्रमुख र शिक्षा शाखाका निमित्त प्रमुख ओली सहितकाे टाेली विच मेलमिलाप भएपछि ताला खुलेको नगरपालिकाले जनाएको छ । 

सोमबार नगरपालिकाको गेटमा भएको धर्ना तथा बिरोधको कार्यक्रममा पुग्नुभएका नगर उपप्रमुख पुनले कर्मचारीप्रति आफ्नो कुनै रिस नभएको र कर्मचारीको सुरक्षाप्रति संवेदनशील रहेको बताउनुभएको थियो । सानो कुरोलाई ठूलो बनाएर अवस्थालाई जटिल बनाउदा कसैलाई फाइदा नहुने भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि सचेत रहेको बताएपछि सहमति भएको बताईएको छ ।  

जिल्लाको त्रिभुवन जनता माविको शिक्षक भर्नाको परिक्षा तयारी गरिरहेको बेला उपप्रमुख पुनले शाखा प्रमुख ओलीमाथि हातपात गरेको कर्मचारीहरुको भनाई छ । उपप्रमुख पुनले भने हातपात नगरेको बताउनुभएको छ । 

370049870_679354824052203_1160217605023095531_n1693222105.jpg

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्