Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मालपोतमा सधै सास्ती

दुई दिन देखि मालपोतको सेवा प्रवाह ठप्प

tribeni2

रुकुम पश्चिम । कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा रुकुम पश्चिमको मालपोत कार्यालयको सेवा दुई दिन देखि ठप्प रहेको छ । जसको कारण सेवाग्राहीहरु मारमा परेका छन् ।

मंगलबारदेखि मालपोत कार्यालयमा इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको इन्टरनेट नचल्दा सेवाग्राही मारमा परेका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले कारण सेवा प्रभावित भएको मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयबाट हुने सेवाहरु नामसारी, राजिनामा, जग्गा रजिस्ट्रेशन, दाखिला, खारिज, सशोधन, मोही कट्टा अनलाइनबाट हुने भएपछि इन्टरनेट चलल्दा काम गर्ने समस्या भएको जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख गार्खबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि कार्यालयमा दैनिक करिब ५० बढि सेवाग्राही सेवा लिन आउने भएपनि दुई दिनदेखि इन्टरनेट चलल्दा सबै सेवा ठप्प भएको छ।

मालपोत कार्यालयमा एउटा मात्र इन्टरनेटको सर्भर जडान गरिएको छ । बाहिरबाट समान ल्याउन पर्ने भएकाले केही दिन समय लाग्ने इन्टरनेट सेवा प्रदायक कम्पनीले बताएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०९:०९
प्रतिक्रिया दिनुहोस्