Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्तव्य ज्यान मुद्धामा फरार रुकुमका एक व्यक्ति २३ वर्षपछि पक्राउ

सोमबार, भदौ ११, २०८०
tribeni2

रुकुम पश्चिम। कर्तव्य ज्यान मुद्धाका फरार एक प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ७ साँख घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १६ लेटार बस्ने ४२ बर्षिय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेलाई रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार घोराही १६ लेटारमा लुकिछिपि बसेको अवस्थामा पाण्डेलाई आइतबार पक्राउ गरिएको हो । 
उनलाई कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालत काठमाडौले २०५७ साल साउन ६ गते ८ बर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेका पाण्डेलाई पक्राउ गरिएको हो । 

फरार प्रतिवादीहरु पक्राउ गर्ने क्रममा पाण्डेलाई पक्राउ गरिएको हो । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्