Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बैंकिङ कसुर मुद्धामा नेपाली काँग्रेस सानीभेरीका सभापति रोका फरार !

मंगलबार, भदौ १२, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाली काँग्रेस सानीभेरी गाउँपालिका रुकुम पश्चिमका सभापति एवम् निर्माण व्यवसायी सन्तोष रोका फरार हुनुभएको छ । 

बैंकिङ कसुर मुद्धामा अदालतबाट पक्राउ पुर्जी जारीभएपछि रोका फरार हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रहरीका अनुसार सानीभेरी गाउँपालिका ७ निवासी ३५ बर्षिय रोका बिरुद्ध बाँफिकोट गाउँपालिका वडा नम्वर २ का गोपाल पौडेलले बैंकिङ कसुर शिर्षकमा मुद्धा दिनुभएको छ । 

ठेक्कापट्टाको कार्यमा संलग्न रोकाले पौडेललाई २८ लाख रुपियाँका दुई चेक दिनुभएको तर दुबै चेकमा पर्याप्त रुपिँया नभएकोले चेक बाउन्स भएका थिए । २५ लाख र तीन लाख रुपिँयाका दुई चेक रहेका बैंक खातामा पर्याप्त रकम नभएपछि पौडेलले उक्त मुद्धा दिनुभएको बताईएको छ । 

जिल्ला प्रहरी कार्यालयमा प्रमाण अनुसार मुद्धा दर्ता भएपछि अदालतबाट रोका बिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मूलपाटीलाई प्राप्त जानकारी अनुसार रुकुम जिल्ला अदालतबाट रोका बिरुद्ध गत साउन २८ गते पक्राउ पुर्जी जारी भएको हो । त्यसयता रोका फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 

रोकाले उहाँका मामा शशिराम रावतको नाममा रहेको सानीभेरी निर्माण सेवा मार्फत निर्माण सेवाका काम गर्दै आउनुभएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्