Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा खोलाले बगाएको सडक मर्मतपछि सुचारु

मंगलबार, भदौ १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोटमा खोलाले बगाएको सडक मर्मत गरेर सुचारु गरिएको छ । 

फालामेगौडा–पिपल–पोखरा सडकखण्ड अन्तर्गत छिप्रामा गत शनिबार खोलाले सडक बगाएको थियो । खोलाले बगाएको सडक मर्मत पनि पुर्णरुपमा सुचारु भएको वडा नम्वर २ का वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बाढिका कारण खोलाले कटान गर्नुका साथै सडक पनि बगाएको थियो । खोलामा पानीको बहाव कम भए पछि सडक मर्मतको काम भएको वडा अध्यक्ष खत्रीले बताउनुभयो । सडक मर्मत भएपछि रुकुम पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरा, पाङ्गा, बाँफिकोट गाउँपालिका– १ लागिम, वडा नम्वर २ जिपुबाट जिल्ला सदरमुकाम खंलगा आउने सवारी साधन चल्न थालेका छन् ।  

त्यस्तै सोहि सडकखण्डमा पर्ने तिलचा खोला र पुमा खोलामा भने पानीको बहाव बढेको बेला सवारी वारपार गर्न निकै समस्या हुने गरेको छ । उक्त सडकखण्ड भएर दैनिक उपभोग्यका सामान बोकेका गाडि पनि संचालन हुने गर्छन ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्