आरसी खड्का र डिल्ली परियारको 'संस्कृति' बजारमा आउँदै

मंगलबार, भदौ १२, २०८०

रुकुम पश्चिम । गीतकार आरसी खड्का र गायक डिल्ली परियारको संयुक्त प्रस्तुती 'संस्कृति' बोलको गित बजारमा आउँने भएको छ । 

पश्चिमेली भााकाहरु मध्यको सिङ्गारु भाकामा तयार पारिएको उक्त गितकोे भिडियो सहित बजारमा आउने तयारी भएको कलाकार डिल्ली परियार जानकारी दिनुभयो ।

उहाँका अनुसार असोज ५ गतेभित्र उक्त गित बजारमा ल्याउने तयारी रहेको छ । टिपिकल शब्द र बाजागाजा सहित तयार गरिएको उक्त गितको भिडियो पनि टिपिकल नै रहेको परियारले बताउनुभयो । 

गितको शब्द आरसी खड्काले तयार गर्नुभएको हो  । सानीभेरी गाउँपालिका ११ का शब्द संकलक खड्का हाल अमेरिकामा रहनुभएको छ । अमेरिकामा रहेर पनि आफ्नो रितिथिति, कला संस्कृतिको सरक्षण गर्नु आफ्नो मुख्य ध्येय रहेकोले संस्कृति गित तयार पारिएको गितकार आरसीले बताउनुभयो ।

त्यसैगरी गितमा कलाकारहरु शान्ती श्री परियार, तिलक परियार र डिल्ली परियारको स्वर रहेको छ । गितको लय तथा म्युजिक एरेन्ज डिल्ली परियारले गर्नुभएको हो । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्