Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा भएको लाईसेन्सको परिक्षामा सहभागी नक्कली परिक्षार्थी पक्राउ

बुधबार, भदौ १३, २०८०
tribeni2

रुकुम पश्चिम । सवारी चालक अनुमति पत्र (लाईसेन्स) को परिक्षामा सहभागी एक नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले सञ्चालन गरेको लाईसेन्सको परिक्षामा सहभागि एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ निवासी २७ वर्षिय प्रेम ददेल रहेको प्रहरीले जनाएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका अनुसार ददेल मुसिकोट नगरपालिका १ का विकल्प शाहको नाममा प्रयोगात्मक परिक्षामा सहभागि हुनुभएको हो । A, K र B वर्गको लाईसेन्सको लागि चौरजहारी नगरपालिका -२ स्थित ट्रायल सेन्टरमा प्रगोगात्मक परिक्षा भईरहेको बेला शाहको नाममा ददेल अनाधिकृत रुपमा परिक्षामा सहभागि भएको पाईएको कार्यालयको भनाई छ । 

मूलपाटीलाई प्राप्त जानकारी अनुसार परिक्षा सञ्चालनको क्रममा हाजिरी गर्दा शाह आफैले गर्नुभएको थियो भने मोटरसाईकल लिएर प्रयोगात्मक गर्न जाँदा उहाँको नाममा ददेल सहभागि हुनुभएको थियो । ट्रायल पास गरेर भेरिफाई गर्ने बेलामा नागरिकता र प्रवेशपत्र जाँच गर्ने क्रममा भने अनाधिकृत व्यक्तिले परिक्षा दिएको खुलेको थियो । 

अनाधिकृत रुपमा परिक्षामा सहभागि भएका ददेललाई पक्राउ गरेर अभद्र व्यवहार शिर्षकमा मुद्धा दर्ता गरिएको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्