Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्रिकेट संघ कर्णालीको अध्यक्षमा पदम खड्का, रुकुमका बालकुमार र कुलप्रसाद सदस्यमा चयन

बुधबार, भदौ १३, २०८०
tribeni2

सुर्खेत । नेपाल क्रिकेट संघ कर्णाली प्रदेशको अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन हुनुभएको छ ।

संघको उपाध्यक्षमा कालिकोटका खड्कजंग शाही, सचिवमा सुर्खेतका श्रीधर केसी र कोषाध्यक्षमा सुर्खेतका सूर्य थापा चयन हुनुभएको छ । क्यानले कर्णालीलाई मान्यता दिएसँगै कर्णालीमा पहिलो पटक पदाधिकारी चयन गरिएको हो । बुधबार सुर्खेतमा सम्पन्न प्रथम साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । 

पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिमा सदस्यहरुमा रुकुम पश्चिमका बालकुमार नकाल र कुलप्रसाद ओली, सल्यानका सविन हमाल र बुलन्द बाबु सेजुवाल, कालिकोटका दमनराज शाही, सुर्खेतका प्रकाश भुषाल, र दैलेखका पवनकुमार थापा, समुन्द्र शाही र मनोज थापा चयन हुनुभएको छ । 

अध्यक्षमा चयन खड्का संघको कर्णाली संयोजक हुनुहुन्थ्यो भने हाल नेपाल क्रिकेट संघको केन्द्रीय सदस्य समेत रहनुभएको छ । कर्णालीलाई लुम्बिनीको मातहतमा राखेर क्रिक्रेटका गतिविधिहरु सञ्चालन गरिदै आएको थियो ।

तर कर्णालीलाई छुट्टै मान्यता दिनुपर्ने अडान सहित अध्यक्ष खड्का लगायतको लामो प्रयासपछि क्यानले मान्यता दिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्