Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अमलाचौरमा रहेको बिद्यालयमा पिपल ढलेर क्षती

बुधबार, भदौ १३, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको एक बिद्यालय नजिक रहेको पिपलको रुख ढलेर बिद्यालयमा क्षती पुगेको छ । 

मंगलबार राती पिपलको रुख ढल्दा सिस्ने गाउँपालिका -४ अमलाचौरमा रहेको जनसहयोग आधारभूत बिद्यालयको भवन र शौचालयमा क्षती पुगेको हो ।  

बिद्यालयका प्रधानाध्यापक हिरालाल केसीका अनुसार चोईटिएर ढलेको रुखका कारण बिद्यालयमा करिब चार लाख पचास हजार बराबरको भौतिक क्षती भएको छ । गत वर्ष निर्माण सम्पन्न गरिएको पक्कि शौचालय र बिद्यालय भवनको क्षतमा रुखले क्षती गरेको उहाँले उल्लेख गर्नुभयो ।

शौचालय पूर्ण रुपले क्षतीग्रष्त भएको छ भने भवनको छानामा असर परेको छ । शौचालय भवन पूणरुपमा क्षती भएकोले बालबालिका र शिक्षक तथा कर्मचारीहरुलाई समस्या परेको बिद्यालयले जनाएको छ । 

बाल शिक्षा देखि कक्षा ५ सम्म सञ्चालित उक्त बिद्यालयमा ४८ जना बिद्यार्थीहरु अध्ययनरत छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्