Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वन कार्यालयकाे पार्किङमै खिया लागेका मोटरसाइकल

बिहीबार, भदौ १४, २०८०
tribeni2

कालीकोट। कालीकोटको डिभिजन वन कार्यालयमा छ वटा मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन्। 

कार्यालय प्रयोजनका लागि भनेर खरिद गरिएका मोटरसाइकल प्रयोगविहीन हुँदा खिया लागेर सकिने अवस्थामा पुगेको छ। कार्यालय प्रयोजनमा अहिले दुई मोटरसाइकल मात्र सञ्चालनमा छन्।

राज्य कोषबाट खरिद गरिएका मोटरसाइकल प्रयोगविहीन अवस्थामा राख्नु नाजायज भएको स्थानीय बताउँछन्। डिभिजन वन कार्यालय कालीकोटका सूचना अधिकारी प्रकाश देवकोटाका अनुसार कार्यालय परिसरमा पार्किङ गरिएका मोटरसाइकल चलाउन नमिल्ने अवस्था छ।

ती मोटरसाइकल कार्यालयले खरिद गरेको भन्दा पनि डिभिजन वन कार्यालयसँग साझेदारी गरिरहेका आशा कार्यक्रमबाट प्राप्त भएको दाबी देवकोटाको छ। आशा कार्यक्रम सरकारी नै भएको बताइन्छ। मोटरसाइकलका नम्बर प्लेट सेता छन्। - गाेरखापत्रबाट

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्