Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राप्रपा रुकुम पूर्वको पहिलो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा सुधिर शाह

tribeni2

रुकुम पूर्व । राष्ट्रिय प्रजातन्त्र पार्टी रुकुम पूर्वको पहिलो जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ ।

अधिवेशनले सुधिर शाहको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । अधिवेशनबाट खिमबहादुर खत्री र भक्ति पुनलाई उपाध्यक्षमा चयन गरिएको छ भने पुतला शाही महिला उपाध्यक्ष हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला अध्यक्ष शाहका अनुसार समितिको सचिवमा अमर बहादुर शाही, सह सचिवमा ऋषिकेश आचार्य, कोषाध्यक्षमा जयकुमारी बुढा चयन हुनुभएको छ । समितिका सदस्यहरुमा बमबहादुर पुन, केशव भन्द्र समाल, गणेश कुमार शाही, नित्यध्वज शाही, शुसिला केसी, मोहोन जंग शाही, माधव शाही, रेशम हमाल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सुवास आचार्य, ज्ञानी नेपाली, तिलक गौतम र शुसिल हमाल सदस्यमा निर्वाचित हुनुभएको छ ।

अब तत्कालै महाधिबेशन प्रतिनिधिहरु छनौट गरिने अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार अब लगत्तै नव निर्वाचित कार्य समितिको बैठक बस्ने र ६ जना कार्य समिति सदस्यहरु मनोनित गरिनेछ । त्यसका साथै जिल्लाका सबै पालिकाहरुमा पार्टीका संगठनात्मक गतिबिधिहरु संचालन गरिने राप्रपा रुकुमले जनाएको छ ।

जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन गरिएको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्