Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हराएका मेजरको पाँच दिनसम्म अत्तोपत्तो छैन

बिहीबार, भदौ १४, २०८०
tribeni2

डोल्पा । आइतबार अपरान्हदेखि बेपत्ता डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति (मेजर) विमल पण्डितको पाँच दिन भइसक्दा कुनै अत्तोपत्तो छैन । सोमबारदेखि नेपाली सेना, प्रहरी र स्थानीयले खोज्दा पनि मेजर फेला नपरेको बताईएको छ । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी गुल्मबाट निस्कनुभएका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उहाँको खोजी गर्न थालिएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उहाँले बताउनुभयो । 

सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । उहाँको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । सेनानी पण्डित  अङ्गरक्षकलाई साथमा नलिएर एक्लै हिँड्नुभएकाले पनि खोज्न समस्या भएको बताईएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्