Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोलमा एक महिलाको कान च्यातेर गहना लुटियो !

बिहीबार, भदौ १४, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १४ मा एक महिलामाथि लुटपाट भएको छ । 

हिजो बुधबार राती कोल गाउँ निवासी ३६ वर्षिया हिरादेवी घर्तीमाथी लुटपाट भएको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । गाउँमा सञ्चार सुविधा नभएको र आज घटनाको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका निकायलाई जानकारी गराएको समेत उहाँले बताउनुभयो । 

घरमा एक्कै सुतिरहेको अवस्थामा हतियार (चक्कु) देखाउँदै घरभित्र पसेका दुई जनाले घर्तीको कानमा लगाएको सुनको कानबाली लुटेर लिएको बताईएको छ । 

ज्यान माथि समेत आक्रमण हुने डरले चिच्याएपछि लुटेराहरु भागेको पीडित घर्तीेले उल्लेख गर्नुभयो । उहाँले आफ्नो दुबै काम च्यातेर दुई तोलाको कानबाली लुटेको लिएको बताउनुभयो । कोहिकसैले पत्ता लगाएर सुन फिर्ता गरिदिन समेत उहाँले गुहार माग्नुभयो । 

यस घटनाको बिषयमा पीडित घर्तीका श्रीमान् बिक्रम घर्तीले अस्थायी प्रहरी पोष्ट कोलमा निवेदन दिनुभएको छ । उहाँले घरमा एक्लै भएको मौका पारेर आएका लुटेराहरु यथासक्य पत्ता लगाई कानूनि कारबाहि गर्न माग गर्नुभएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्