Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्लेकी दुई महिलाको हत्या आरोपी एक महिला कारागार चलान

शुक्रबार, भदौ १५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्ले निवासी २३ बर्षिया सिर्जना बुढा बोहरालाई कारागार चलान गरिएको छ ।

सल्लेकै दुई जना महिलाको फरक फरक मितिमा हत्या गरेको आरोप लागेकी बुढालाई रुकुम अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि कारागार चलान गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले बुधबार सिर्जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । 

सल्लेकी ५२ वर्षिया हस्तकली बुढाथोकीलाई २०८० साउन १८ गते र ४८ वर्षिया आइती बुढालाई २०७५ असार १० गते सिर्जनाले हत्या आरोपमा प्रहरीले बुढालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार आरोपी बुढाले दुबै जनाको हत्या गरेको बयान दिएकीछिन । आरोपीको बयान, प्राप्त प्रमाण र अनुसन्धानबाट खुलेका तथ्यहरुलेको आधारमा प्रहरीले बुढा बिरुद्ध मुद्धा चलाएको थियो । 

दुवै घटनाको प्रकृति  र लक्ष्य एउटै रहेको प्रहरीको भनाई रहेके छ । गहना र पैसा लुट्नको लागि बोहराले बुढाथोकी र बुढाको हत्या गरेको खुल्न आएको बताईन्छ । हत्यापछि दुबै जनाको भघरको कोठामा बाहिरबाट ताल्चा लगाईएको थियो । 

बुढाथोकीको हत्याको आशंकामा पक्राउ परेकी बोहरामाथि अनुसन्धान गर्दा उनीले नै ५ वर्ष अघि बुढाको पनि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी थिइन् । 

यसैगरी सोही घटनामा पक्राउ परेका मुसिकोटमा दुई जना जना सुनचाँदी व्यवसायीलाई धरौटीमा रिहा भएका छन् । अदालतले मुसिकोट नगरपालिका १ खलंगाको माथिल्लो बजारको राप्ती सुनचाँदी पसलकी शोभाकुमारी सुनार सोनीलाई ८० हजार र तल्लो बजारमा संचालित लुम्बिनी सुनचाँदी पसलका संचालक कृष्णबहादुर विश्वकर्मालाई ५० हजार धरौटीमा रिहा गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्