Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्कुलबाट फर्किदै गरेका दाजुबहिनीलाई खोलाले बगाएर मृत्यु

सोमबार, भदौ १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका ६ निवासी रत्न बुढाथोकीका १० वर्षिया छोरा मनोज बुढाथोकी र ६ वर्षिया छोरी भावना बुढाथोकीको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घर नजिकैको न्याउँला ठाडोखोलाले बगाएर उनीहरुकाे मृत्यु भएको हाे ।

आइतबार दुवैजना दाजु बहिनीको आधारभुत विद्यालय घर्तिकाँडाबाट घर फर्किदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । मनोज तीन कक्षामा पढदै आएका थिए भने भावना एक कक्षामा पढदै आएकी थिइन । 

उनीहरुलाई खोलाले बगाएको  सुचना पश्चात स्थानीय र प्रहरीले खोजतलास गर्दा मनोजको शव १५० मिटर तल भेटिएको हो भने भावनाको शव ८ सय मिटर तल भेटिएको हो  ।  

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्