Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डेङगी रोगथामका लागी सचेतनामूलक कार्यक्रम 

सोमबार, भदौ १८, २०८०
tribeni2

रुकुम पश्चिम । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले डेङगी रोग रोकथाम र रोगबाट बच्ने उपायको विषयमा सचेतनामुलक कार्यक्रम गरेको छ । जिल्ला अस्पताल सल्ले र सल्ले बजार क्षेत्रमा पुगेर स्वास्थ्य सेवा कार्यालयले सचेतना मुलक कार्यक्रम गरेको हो । 

अस्पतालमा आएका सेवाग्राही र सल्ले बजारका बजारबासीको सहभागितामा कार्यक्रम गरिएको स्वास्थ्य सेवाख कार्यालयका जनस्वास्थ्य निरिक्षक कालिबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल र बजारमा पुगेर जनचेतनामुलक प्रचा वितरण, डेङगीबाट बच्ने उपाय, रोग लाग्न नदिन के गर्ने भन्ने विषयमा सिकाइएको थियो । 

त्यस्तै लामखुट्टेले फुल पार्न सक्ने खाडलहरुपनि पुरिएको जनस्वास्थ्य निरिक्षक ओलीले बताउनुभयो । पछिल्लो समयमा डेङगी रोग संक्रमण भएका विरामी बढ्दै जान थालेपछि उक्त कार्यक्रम गरिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयले यो कार्यक्रम गरेका भए पनि यस्ता खालका कार्यक्रमहरु जिल्लाभर गर्न आवश्यक रहेको जिल्ला अस्पताल सल्लेका व्यवस्थापन समितीका अध्यक्ष टेकबहादुर कुसारीले बताउनुभयो । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल,नेपाल प्रहरी बल र सल्ले बजारबासीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्