Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निजामती सेवा दिवसको अवसरमा रुकुम पश्चिममा हाजिरीजवाफ र ब्याडमिन्टन प्रतियोगिता हुने

सोमबार, भदौ १८, २०८०
tribeni2

रुकुम पश्चिम । निजामती सेवा दिवसको अवसरमा रुकुम पश्चिममा विभिन्न कार्यक्रम आयोजना हुने भएका छन् ।

सोमबार निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालको अध्यक्षतामा बसेको बैठकले हाजिरीजवाफ र ब्यामिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । 

“व्यवसायिक र सिर्जनशिल प्रशासन, विकास समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ मूल समारोह समितिको समन्वयमा र कर्मचारी मिलन केन्द्रको आयोजनामा खेलकुद प्रतियोगिता आयोजना गरेर दिवस मनाउने निर्णय भएको हो । 

निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालका अनुसार हाजिरीजवाफ प्रतियोगिता अन्तर निजामती कर्मचारी बिच हुनेछ । यस प्रतियोगिताको लागि दर्ता शुल्क ६ सय तोकिएको छ भने एक टिममा तीन जना सहभागी हुन पाउने जनाईएको छ । एक जना महिला कर्मचारी भने अनिवार्य सहभागी हुनुपर्ने नियम बनाईएको छ ।

यस प्रतियोगितामा भाग लिनको लागि भदौ २२ गते बिहान ११ बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ भने सोहि दिन दिउँसो १ बजेबाट जिल्ला प्रशासन कार्यालयमा प्रतियोगिता सुरु हुनेछ ।  

त्यसैगरी अन्तर निजामती कर्मचारी डबल ब्याडमिन्टन प्रतियोगिता (महिला र पुरुष दुबै) भदौ २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने जनाईएको छ । यस प्रतियोगितामा भाग लिनको लागि दर्ता शुल्क पाँच सय निर्धारण गरिएको छ भने भदौ १९ गतेभित्र दर्ता गरिसक्नुपर्ने छ ।

यो प्रतियोगिता भने मुसिकोट नगरपालिका १ बराहाटाकुरासिथत कबर्डहलमा सञ्चालन हुनेछ । हरेक बर्षको भदौ २२ गतेका दिन निजामती सेवा दिवस मनाउँने गरिन्छ । 

375564423_1335409397401151_849281798246713280_n1693835018.jpg

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्