Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्मचारी युनियन स्थापना दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण

मंगलबार, भदौ १९, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा फलफूल बितरण गरेको छ । 
मंगलबार बिहान युनियनले अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको हो । 

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण र स्वास्थ्य लाभको कामना गरिएको युनियन जिल्ला अध्यक्ष देव बहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा भर्ना भएका ३३ जना बिरामीहरुलाई फलफूल वितरण गरेको बताउनुभयो । 

फलफूल वितरण कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य गोपाल शर्मा, प्रदेश समिति सदस्य महेश बिष्ट, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर कुसारी, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष जोगेन्द्र पुन, महाधिवेशन प्रतिनिधिहरु लक्ष्मण बिक र डिल्ली बहादुर ओली, जिल्ला अध्यक्ष देवबहादुर ओली सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, स्वास्थ्यकर्मीहरु लगायतको सहभागिता रहेको थियो । 

372978483_3207196922914191_9155065928850302221_n1693885204.jpg

372014773_3207196779580872_5578323174182376778_n1693885141.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्