Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा जनश्रमदानबाटै दुई काठेपुल तयार

मंगलबार, भदौ १९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ मा जनश्रमदान गरेर दुई वटा काठेपुल निर्माण गरिएको छ । वडाको घट्टेखोला र ठोक्लाबाङ खोलामा पुल निर्माण गरिएको हो । 

पुल निर्माण कार्यको अगुवाई गर्नुभएका स्थानीय टेकराज विश्वकर्माका अनुसार घट्टेखोलामा हालै पुल निर्माण सकिएको हो भने ठोक्लाबाङमा अघिल्लो महिनामै पुल बनाईएको हो । 

बर्षायाममा खोला बढेर जोखिम बढाएपछि स्थानीय युवाहरु र अन्य गाउँले मिलेर पुल बनाएको बिश्वकर्माले जानकारी दिनुभयो । घट्टेखोलामा बनाईएको पुलमाथि जस्तापाताको छाना समेत बनाईएको छ ।

स्थानीयहरु कसैले काठ, कसैले श्रमदान त कसैले जस्तापाता उपलब्ध गराएर पुल निर्माणको काममा सहयोग गरेका थिए । वडा कार्यालयले दश हजार रुपियाँ सहयोग गर्ने जनाएको विश्वर्माले बताउनुभयो । 

दुबै स्थानमा बनाईएका पुलले मुसिकोट नगरपालिकाको वडा नम्वर ७, ८ र ९ मा आउजाउको लागि सहज हुने बताईएको छ । स्थानीय जेष्ठ नागरिक हर्क बहादुर ओलीले सबै गाउँले युवाहरु मिलेर पुल निर्माण भएपछि आउजाउमा सहज हुने बताउनुभयो । 

बर्षौदेखि यहाँका बासिन्दाहरु पुलको अभावमा जोखिमपूर्ण अवस्थामा पनि खोला तरेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको थियो । यस कार्यले बिशेष गरेर बिद्यालय आउजाउ गर्ने बालबालिका, दैनिक घाँसदाउराको लागि ओहोरदोहोर गर्ने किसान र जेष्ठ नागरिकहरुलाई राहत मिल्ने बताईन्छ । 

स्थानीयका अनुसार दुबै स्थानमा झोलुङगे वा पक्कि पुलको आवश्यकता रहेको छ । झोलुङगे पुल निर्माण गर्ने भन्दै करिब ६ वर्ष पहिला नापजाँच भएतापनि हालसम्म उक्त योजना पर्न सकेको छैन । 

सामाजिक कार्यमा अग्रसर हुँदै आउनुभएका युवा टेकराज विश्वकर्माले गाउँमा आवश्यकता अनुसार अन्य विकासका काममा श्रमदान गरेर योगदान गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्