Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिनको अवसरमा अपाङगता भएका दुई बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

मंगलबार, भदौ १९, २०८०
tribeni2

375694868_1338444216878831_2502933471035286690_n1693898520.jpgरुकुम पश्चिम । पछिल्लो समय जन्मदिनलाई विभिन्न तरिकाले मनाउने चलन बढेको छ । जन्मदिनमा केक काटेर, भोज तथा खानपान आयोजना गरेर मनाउनेहरुको संख्या पनि बढिरहेको छ । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ९ का युवा सन्तोष ओलीले भने आफ्नो जन्मदिन सामाजिक कार्यमा लगानी गरेर मनाउनुभएको छ । उक्त वडाको वडा सदस्य समेत रहनुभएका ओलीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा त्रिवेणी गाउँपालिका ९ मा रहेको हिमालय जनता माध्यमिक बिद्यालयमा अध्धयनरत दुई जना अपाङगता भएका बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नुभएको हो । 

बिद्यालयका प्रधानाध्यापक नरसिंह ओलीका अनुसार गत वर्ष जन्मदिनकै अवसरमा उहाँले बिद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको थियो । सोहि कोषको लाभांस तथा ब्याज रकमले यस वर्ष दुई जना बिद्यार्थीलाई छात्रबृति दिईएको हो ।

प्रधानाध्यापक ओलीका अनुसार कक्षा ८ मा अध्ययनरत छात्रा यामराज केसी र कक्षा १ मा अध्ययनरत छात्रा सुशिला बस्नेतलाई छात्रबृतिका लागि छनौट गरेर आजै शैक्षिक सामाग्री उपलब्ध गराईएको हो । गरिव परिवारका जेहेन्दार बिद्यार्थीलाई कापी कलम दिईएको हो । 

जन्मदिनलाई फजुल खर्च गरेर मनाउनुभन्दा आफू पढेको बिद्यालयमा अक्षयकोष स्थापना गरेर मनाउन थालेको सन्तोषले बताउनुभयो । उहाँका अनुसार ११ हजार १११ रुपैयाँको शुभारम्भ नामक अक्षकोषको रकम हरेक बर्ष थपिदै लिने सोच रहेको छ । उहाँले आजै रक्तदान समेत गर्ने जनाउनुभएको छ । 

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्