Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मुसिकोटमा र्‍याली

बुधबार, भदौ २०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा समाजिक विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सचेतनामूलक र्‍याली  र कोण सभा गरेर दिवस मनाईएको हो । "सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखनको निर्मुलन" भन्ने मूल नाराका साथ दिवस मनाईएको हो । 

जिल्ला समन्वय समिति, मुसीकोट नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका सङ्घ संस्था, विभिन्न सरकारी कार्यालयको सहभागितामा सचेतनामूलक र्‍याली निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।  

उहाँका अनुसार प्लेकार्ड, सचेनामुलक जिंगल सहित निकालिएको र्‍याली मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको बालमिन्दर परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो । 

कोण सभालाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देव बहादुर कामीले सचेतनाको अभावका कारण मानव बेचबिखन हुने गरेको बताउनुभयो । उहाँले हुनेखाने वर्गले गरिब र निमुखा वर्गलाई विभिन्न प्रलोभनमा पारेर मान बेचबिखनको शिकार बनाएको उल्लेख गर्नुभयो । यसबाट महिला र बालकबालिका बढी प्रभावति भएको उहाँको भनाई रहेको छ । 

WhatsApp Image 2023-09-06 at 10.23.021693985109.jpg

कोण सभामा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष ब्युझना पुन देवकोटाले सबै तह र तप्काका व्यक्ति तथा निकायहरु एकजुट भएर मानव बेचबिखनजस्तो जघन्य अपराध रोक्न जरुरी रहेको बताउनुभयो । उहाँले सचेतनाको अभावले गर्दा विपन्न समुदाय बेचबिखनबाट प्रभावित हुने बताउनुभयो । 

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाइएको छ ।

WhatsApp Image 2023-09-06 at 10.23.241693985108.jpg

WhatsApp Image 2023-09-06 at 13.04.031693985111.jpg

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्