Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सवारी अंगभंग मुद्धामा फरार प्रतिवादी पक्राउ

बिहीबार, भदौ २१, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

सवारी अंगभंग मुद्धामा अदालतबाट दोषि ठहर भएका आठविसकोट नगरपालिका ८ दाँजेका ३३ बर्षिय हरि बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठका अनुसार ईलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरी टोलीले बुढालाई आज बिहिबार पक्राउ गरेको हो । 

बुढा बिरुद्ध रुकुम अदालतले २०७८ असोज ७ गते सवारी अंगभंग मुद्धामा दुई बर्ष ११ महिना पाँच दिन कैद र १५ हजार रुपियाँ जरिवाना तोकेर फैसला गरेको थियो । 

त्यसयता फरार रहेका बुढालाई फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका बुढालाई आजै रुकुम जिल्ला अदालतमा उपस्थित गराईएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्