Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सर्पको टोकाईबाट मृत्यु भएकी सुत्केरीको परिवारलाई नगर प्रमुखद्वारा आर्थिक सहयोग

बिहीबार, भदौ २१, २०८०
tribeni2

रुकुम पश्चिम । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले सर्पको टोकाईवाट बुधवार ज्यान गुमाएकी  २२ वर्षकी सुत्केरी महिलाको परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटा निवासी सुत्केरी महिला बिनिता बिष्ट ओली (यमुना) को परिवारलाई किरिया खर्च स्वरुप १० हजार रुपियाँ  आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आज उहाँको घरमै पुगेर उक्त रकम प्रदान गर्नुभएको हो । 

मंगलबार दिउँसो घर नजिकै बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रममा उहाँलाई सर्पले टोकेको थियो । सर्पले टोकेको राती सुत्केरी भएर रक्तश्राव भएको र सर्पको बिष फैलिएपछि चौरजहारी अस्पताल ढिला गरि लैजादा उहाँको ज्यान गएको थियो । 

नगरप्रमुख वादीले सर्पदंशबाट ज्यान गुमाएकी सुत्केरी महिलाको दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समावेदना व्यक्त गर्नुभएको छ । नवजात शिशुको चौरजहारी अस्पतालको आईसीयुमा  राखेर उपचार भैरहेको छ।

सम्बन्धित समाचार .....

सर्पको टोकाई र रक्तस्रावको कारण चौरजहारीमा सुत्केरीको ज्यान गयो

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्