Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ब्रेन ट्युमरको कारण महेन्द्र माविमा कार्यरत शिक्षक ओलीको अल्पआयुमै मृत्यु

शुक्रबार, भदौ २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ काउलेचौर टाकुरा निवासी मानबहादुर ओलीको निधन भएको छ । 

लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित ओलीको शुक्रबार बिहान घरमै निधन भएको हो । स्थानीय महेन्द्र माध्यमिक बिद्यालय छिवाङमा शिक्षण पेशामा रहनुभएका ओली विगत लामो समयदेखि ब्रेन ट्युमर रोगसँग जुध्दै आउनुभएको थियो । उहाँ शान्ति बिद्याश्रम लोल ललितपुरमा दरबन्दि भई हाल महेन्द्र माविमा काजमा कार्यरत हुनुहुन्थ्यो । 

४४ वर्षको अल्पआयुमै निधन हुनुभएका शिक्षक ओलीका एक श्रीमती, दुई छोरी एक छोरा हुनुहुन्छ । उहाँ कर्तव्यनिष्ठ, ईमानदार र सहयोगी भावनाका शिक्षक हुनुहुन्थ्यो ।

उहाँको निधनले परिवार, बिद्यालय, समाज, शिक्षा तथा गीत संगीतको क्षेत्रमा ठुलो क्षति भएको महेन्द्र माध्यमिक बिद्यालयका प्राचार्य झलक पुनले बताउनुभयो । उहाँले विगतमा गीत संगीत समेत योगदान दिनुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्