Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
निजामती सेवा दिवस

रुकुम अदालतका दुई कर्मचारी पुरस्कृत, पहिलो सेवाग्राहि सम्मानित

शुक्रबार, भदौ २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम जिल्ला अदालतले दुई जना कर्मचारीलाई पुरस्कृत एवम् सम्मान गरेको छ । अदालतमा कार्यरत दुई जना उत्कृष्ट कर्मचारीलाई निजामती सेवा दिवसको अवसरमा पुरस्कृत गरिएको हो । 

अदालतका निमित्त श्रेष्तेदार बिष्णु पौडेलका अनुसार अदालतका तामेलदार सुवास खड्का र कार्यालय सहयोगी तुलबिर ओलीलाई सम्मान सहित पुरस्कृत गरिएको हो । दुबै जना कर्मचारीहरुलाई जिल्ला न्यायधीस खड्क बहादुर के.सी.ले प्रमाणपत्र तथा दोसल्ला सहित पुरस्कार वितरण तथा सम्मान गर्नुभएको हो । 

373470995_277862575056790_3718003052013119859_n1694167702.jpg
त्यसैगरी आज नै अदालतमा पहिलो आउने सेवाग्राहिलाई कार्यालयमा सम्मान गरिएको छ । निमित्त श्रेष्तेदार पौडेलका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ५ निवासी ४२ वर्षिय बिष्णु बिश्वकर्मालाई स्वागत तथा सम्मान गरिएको हो ।

वकालत नाम लगाउन कार्यालयमा आउनुभएका उहाँलाई दोसल्ला र फूलले सम्मान तथा स्वागत गरिएको हो । 

यस कार्यले कर्मचारीहरुमा हौसला तथा उत्साह पैदा हुनका साथै सेवाग्राहिहरुमा सरकारी कार्यालयप्रति सकारात्मक भाव सहितको सन्देश प्रवाह हुने विश्वास गरिएको छ । 
WhatsApp Image 2023-09-08 at 14.45.131694167704.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्