Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुई महिनापछि मुसिकोटको छेराबगर - सादनचौर सडक सञ्चालनमा

शुक्रबार, भदौ २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ मा पर्ने छेराबगर-सादनचौर सडक सञ्चालनमा आएको छ । वर्षाको कारण मुग्लुखोला बढेर अवरुद्ध रहेको उक्त सडकखण्डमा होमपाइप हालेर मर्मत गरिएपछि सञ्चालनमा आएको हो । 

मुसिकोट नगरपालिका वडा नम्वर १३ का पूर्व वडा अध्यक्ष दिपक केसी र युवा नेता मीन कुमार खड्काको पहलमा सडक मर्मत भएर सञ्चालनमा आएको हो । बर्षाका कारण बिग्रेको बाटो र बढेको खोलाको कारण करिब दुई महिनादेखि उक्त सडकखण्ड बन्द रहेको थियो । यति बिल्डर्स र सिस्ने कन्ट्रक्सनको आर्थिक सहयोगमा  उक्त सडक मर्मत गरिएको पूर्व वडा अध्यक्ष केसीले जानकारी दिनुभयो ।  

जिल्ला सदरमुकाम देखि चौरजहारी, सोलाबांग देखि चौरजहारी लगायतका स्थानमा आवतजावतमा प्रयोग हुँदै आएको यो सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणलाई अहसज भएको थियो । सडक सञ्चालन नभएपछि सर्वसाधारणको दैनिक आवतजावतमा सजिलो भएको छ । 

स्थानीय सरकारले कुनै चासो नदेखाएपछी आफूले पहल गरेर सडक सञ्चालन गरेको केसीले जानकारी दिनुभयो । यो सडक सन्चालनमा आएपछि झन्डै एक घण्टा घुमेर सोलाबाङ पुग्नुपर्ने बाध्यता अब नरहेको र यात्रुलाई सहज भएको छ ।

खोलामा पुल निर्माण हुँदै गरेको र पुल निर्माणपछि सहज हुने विश्वास स्थानीयको रहेको छ । - घनश्याम खड्का

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्