निजामती दिवसको अवसरमा सानीभेरीमा फुटबल

शुक्रबार, भदौ २२, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको वेलटापु रंगशालामा मैत्रीपूर्ण फूलबल प्रतियोगिता सम्पन्न भएको छ । 

निजामती  सेवा दिवस २०८० को अवसरमा सानीभेरी गाउँपालिकाले जनप्रतिनिधी र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको हो । 

फुटबलमा पुरुषतर्फ गाउँ कार्यपालिकाका कर्मचारी टिम प्रथम,  वडाका कर्मचारी द्वितिय, स्वास्थ्यकर्मी तृतिय र जनप्रतिनिधिको टिम सान्त्वना भएको छ ।

महिला तर्फको फुटबलमा गाउँपालिका कर्मचारी प्रथम र स्वास्थ्य तथा अन्य विषयगत शाखाका कर्मचारी द्वितिय हुनुभएको छ । 

त्यस्तै संयुक्त घैटोफोर प्रतियोगितामा नगर प्रहरी जोखबहादुर पुनले जित्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्