Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साक्षरता दिवसको अवसरमा विजयश्वरीमा खेलकुद कार्यक्रम

शनिबार, भदौ २३, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस रुकुममा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाईएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको श्री विजयश्वरी सेकेन्डरी ईङ्गलिश मिडियम बोर्डिङ्ग स्कुलले विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरेर दिवस मनाएको छ । 

दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन भन्ने मुल नाराका साथ तहगत रुपमा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरेर दिवस मनाईएको बिद्यालयका प्रिन्सिपल जय बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिवसको अवसरमा प्री प्राइमरी तहतर्फ हट पोटाटो, कक्षा १ - ३ तर्फ म्युजिकल चियर, कक्षा ४ - ५ तर्फ चम्चा दौड र कक्षा ६ - १० तर्फ घैटोफोर प्रतियोगिताको आयोजना गरिएको थियो। 

विद्यालय प्राङ्गणमा आयोजित प्रतियोगिताका विजेतालाई विद्यालय सञ्चालक तथा प्रिन्सिपल जय बहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो। उक्त कार्यक्रमको सहजीकरण विद्यालय सहायक प्रशासक होमराज शाहीले गर्नुभएको थियो।

375208820_269084052674699_3855522123908730047_n1694250828.jpg

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्