सोसल मिडिया
तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा सुरु भएको छ ।
नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकामा रहेको एक होटलमा सुरु भएको हो ।
बैठक आउँदो मङ्गलवारसम्म हुने छ । बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि बैठकस्थलमा पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी एक सय ५० जना खटिएका छन् ।
बैठक कक्षमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलो पटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।