Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवाहरुको पहलमा वरपिपल चौतारी मर्मत, राधाकृष्ण मन्दिर सरसफाई

आइतबार, भदौ २४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर –१ लामिछानेगाउँमा रहेको वरपिपल चौतारी मर्मत र मन्दिर परिसर सरसफाई गरिएको छ । स्थानीय युवाहरुको पहलमा गाँउमा रहेको सबैभन्दा पुरानो सार्वजनिक चौतारी मर्मत र राधाकृष्ण मन्दिर सरसफाई गरिएको हो ।

गाउँमा हुने भेला, बैठक, छलफल तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा प्रयोग हुने चौतारी प्लाष्टर गरेर बलियो र आकर्षक बनाईएको स्थानीय युवा तिलक सुन्चियुरीले जानकारी दिनुभयो । सबैजना जम्मा हुने महत्वपूर्ण वरपिपल चौतारीको संरक्षण गर्नलाई युवाहरुले पहल गरेको उहाँको भनाई छ । 

WhatsApp Image 2023-09-06 at 10.40.261694308925.jpg

स्थानीय युवा मोहन लामिछानेले वरपिपल चौतारीसँगै नजिकै रहेको राधाकृष्ण मन्दिर परिसर सरसफाई गर्ने कार्य समेत गरिएको बताउनुभयो । चौतारी प्लाष्टरका लागि लाग्ने सिमेन्ट, बालुवा, मिस्त्रीखर्च सबैतिर समन्वय गरेर र स्थानीय युवाहरु परिचालन भएर चौतारीलाई बलियो तरिकाले मर्मत गरिएको लामिछानेले जनाउनुभयो । उहाँका अनुसार करिब ५० हजार बराबरको खर्चमा गाउँको चौतारी बनाईएको हो । 

गाउँमा युवाहरु तिलक सुन्चियुरी, मोहन लामिछाने, नारायण आचार्य, विवश भाट ‘ज्याक’, रमेश लामिछाने, दिलीप नेपाली र सुरेन्द्र बिएम र गाउँका अगुवा भक्त बहादुर भाटको पहलमा चौतारीलाई प्लाष्टर र मन्दिरको सरसफाई गरिएको हो । 

WhatsApp Image 2023-09-05 at 20.28.211694308921.jpg

यस कार्यले गाउँवासीहरु खुशी भएका छन् । मन्दिरको सरसफाई र सार्वजनिक स्थानको संरक्षण तथा मर्मतमा युवाहरु आफैले पहल गर्नु सकारात्मक भएको बताईएको छ । 

यो चौतारी गाउँवासी तथा यात्रुहरुका लागि शितल छहारीका साथै विभिन्न सामाजिक गतिविधिहरुका लागि मुख्यस्थानको रुपमा प्रयोग हुँदै आएको छ । यसका साथै रुकुम पश्चिम र सल्यान जिल्लामा आवतजावतको लागि प्रयोग हुने मुख्य नाकामा रहेको बर्षौ पुरानो वरपिपल चौतारीको रुपमा यसलाई लिईन्छ । 

WhatsApp Image 2023-09-05 at 20.28.231694308923.jpg

WhatsApp Image 2023-09-05 at 20.28.221694308921.jpg

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्