Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आत्महत्या रोकथाम दिवस : रुकुम पश्चिममा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम

आइतबार, भदौ २४, २०८०
tribeni2

रुकुम पश्चिम । आज विश्व आत्महत्या रोकथाम दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०२१ देखि सन् २०२३ लाई त्रिवार्षिक रूपमा ‘कर्मद्वारा आशाको सिर्जना’ नारा तय गरी यसवर्ष पनि यही नाराका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराकासाथ विभिन्न चेतनामूलक कार्यक्रम भइरहेका छन् ।

यसैक्रममा रुकुम पश्चिममा पनि २१ औ आत्महत्या रोकथाम दिवसको अवसरमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सयुक्त आयोजना र सि.एम.सी. नेपाल, ओरेक नेपाल, टिपिओ नेपाल लगायतका निकायको समन्वय तथा सहकार्यमा दिवस मनाईएको हो । 

मुसिकोट नगरपालिका १ बालमन्दिरबाट निकालिएको सचेनामुलक ¥याली सहिदगेट, त्रिवेणी चोक, बागबजार हुँदै वडा नम्वर ५ सेरीगाउँस्थित सहित स्मृति सभाहलमा पुगेको थियो । उक्र प्रभातफेरि कार्यक्रममा सचेनामुलक पम्पलेट, प्ले कार्ड, नारा र जिंगल प्रशारण गरिएको थियो । 

प्रभातफेरी कार्यक्रम लगत्तै सहिद स्मृति सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा महिला पुनस्थार्पना केन्द्र (ओरेक) नेपालका जिल्ला संयोजक दिपा धितालले एक अवधारणपत्र प्रस्तुत गर्नुभएको थियो । विश्व तथा नेपाल र रुकुम पश्चिममा रहेको आत्महत्याको तथ्यांक प्रस्तुत गर्नुहुँदै उहाँले यसको रोकथाका लागि सरोकारवाला सबै निकायको पहल एकसाथ हुनुपर्ने जनाउनुभयो । 

उहाँले ग्रामिण क्षेत्रमा आत्महत्याको दर बढीरहेको सबै क्षेत्रमा मनोविमर्श सेवा आवश्यक रहेको बताउनुभयो । घरभित्र हुने चरम गरिबीसँगै हुने हिंसा, बहुविवाह, दाईजो, बोक्सिको आरोप लगायतका घटनाको कारण आत्महत्या हुने गरेको उहाँले जनाउनुभयो । कतिपय अवस्थामा कानूनी तथा सामाजिक नपाएको अवस्था, छोरा नपाएको निहुँमा हुने हिंसाले पनि आत्महत्या बढाएको धितालले बताउनुभयो । तनाव व्यवस्थापन र मनोभावनाको कदर भएमा केहि हदसम्म आत्महत्या न्युनिकरण गर्न सकिने देखिन्छ । 

WhatsApp Image 2023-09-10 at 11.44.421694336327.jpg

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले घरेलु हिंसा, मादक पदार्थ सेवन, गरिबी, बेरोजगारी लगायतका समस्याका कारण आत्महत्या हुने गरेको बताउनुभयो । सामाजिक असमानता, असफलता, दीर्घ रोग, सानै उमेरमा विवाह लगायतका कारण पनि आत्महत्याको दर बढेको उहाँको भनाई रहेको छ । सबै निकायले सचेतनाको पाटोलाई जोड दिएर आत्महत्या रोकथामका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बिद्यालय र टोलस्तरमा यसले निम्त्याउने खतरा र रोकथामका उपायहरु बारेमा छलफल तथा सचेनामुलक कार्यक्रम गरेर आत्महत्या रोकथाम गर्न सकिने प्रजिअ पन्तले उल्लेख गर्नुभयो । 

कार्यक्रममा मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुशिल पोखरेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर कुसारी लगायतको आथित्यता रहेको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिद्यार्थीहरु, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2023-09-10 at 14.21.401694336326.jpg

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्