Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
आत्महत्या रोकथाम दिवस

रुकुम पश्चिम : तीन वर्षमा ९४ जनाको आत्महत्या

युवा उमेरमा आत्महत्या गर्नेको संख्या बढी 
आइतबार, भदौ २४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा पछिल्लो तीन वर्षमा ९४ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७७/७८ देखि वितेको आर्थिक वर्ष ०७९/८० को असार मसान्तसम्म जिल्लाभरमा ९४ जनाले आत्महत्या गरेको तथ्याङ जिल्ला प्रहरी कार्यालयले रहेको छ । चालु आर्थिक वर्षमा भने तीन जनाले आत्महत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार गत तीन वर्षको अवधिमा आत्महत्या गर्नेमा ४७ जना पुरुष, २८ जना महिला, सात जना बालक र १२ जना बालिका रहेका छन् । 

सबैभन्दा बढी आत्महत्या आर्थिक वर्ष ०७७/७८ मा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस वर्ष १६ पुरुष, १० महिला, पाँच बालक र छ बालिका गरी ३७ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७८/७९ मा १६ पुरुष, सात महिला, दुई बालक र दुई बालिका गरी २७ जनाले आत्महत्या गरेका थिए । 

त्यस्तै वितेको आर्थिक वर्ष ०७९/८० मा ३० जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । यस वर्ष १५ जना पुरुष, ११ जना महिला र चार जना बालिकाले आत्महत्या गरेका छन् । 

प्रहरीका अनुसार यस अवधिमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेका घटना छन् । ७७ जनाले झुण्डिएर, नौ जनाले बिष सेवन गरेर, दुइ जनाले हाम्फालेर, पाँच जनाको आत्महत्या दुरुत्साहन र एक जना गोलि हालेर आत्महत्या गरेको तथ्यांक प्रहरीमा रहेको छ ।

सबैभन्दा बढी युवा अवस्थाको उमेर समुहले आत्महत्या गरेको बताईन्छ । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्