सोसल मिडिया
रुकुम पश्चिम । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोइराला (बिपी) को ११० औं जन्म जयन्ती रुकुम पश्चिममा पनि मनाईएको छ ।
नेपाली काँग्रेस रुकुम पश्चिमले आज उहाँको जन्मजयन्तीको अवसरमा एक औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा मुसिकोट नगरपालिका १ मा रहेको बिपीको शालिकमा फूलमालाले माल्यार्पण गर्नुका साथै जिल्ला पार्टि कार्यालयमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका संस्थापक नेता एवम् नेपाली राजनीतिका शिखर पुरूष बिपी कोईरालाको योगदानको चर्चा गरिएको थियो । बिपीको आदर्श र सत्कर्मबाट प्रेरित भएर ठुलो मान्छे होइन् असल मान्छे हुने प्रण गरिएको नेपाल बिद्यार्थी संघका जिल्ला सचिव बसन्त चन्दले जानकारी दिनुभयो । यसका साथै कार्यक्रममा उहाँप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गरिएको थियो ।
जिल्ला पार्टि सभापति प्रेम प्रकाश ओलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका उपसभापति हर्क सिंह खत्री, सचिव परमेश्वर भण्डारी र तारकबहादुर शाही, सहसचिव यज्ञ बिष्ट, कोषाध्यक्ष मोहबिर खड्का, मुसिकोट नगर समितिका सभापति प्रेम बहादुर ओली लगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला सचिव तारक बहादुर शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टिका जिल्ला समितिका अन्य पदाधिकारीहरु, विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधि लगायतका उपथिति रहेको थियो ।