Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आत्महत्या दुरुत्साहन मुद्धामा भ्याली पब्लिक स्कुलका प्रिन्सीपल र संचालक पक्राउ

सोमबार, भदौ २५, २०८०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा रहेको भ्यालि पब्लिक स्कुलका प्रिन्सीपल र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । 

चौजहारी नगरपालिका १ मा सञ्चालित निजि बिद्यालय भ्याली पब्लिक स्कुलका प्रिन्सीपल पुष्पा भाट र संचालक युडेन भण्डारीलाई आईतबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार सोहि बिद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षिया छात्रा सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उहाँहरुलाई पक्राउ गरिएको हो । 

शुक्रबार छात्रा गौतमलाई बिद्यालयमा प्रिन्सीपल भाटले सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट गरेपछि घर आएकी छात्राले बिद्यालय पोशाकमै झुण्डिएर आत्महत्या गरेको पीडित परिवारको भनाई रहेको छ ।

बिद्यार्थीको पढाई लेखाई भन्दा पनि घरायसी साथसंगतको कारण बिद्यालयमा बालिका माथि प्रिन्सीपलले निरन्तर यातना र तनाब दिएपछि ज्यान गुमाउन बाध्य पारिएको आरोप मृतक बालिकाका आफन्तजनको रहेको छ ।  यस बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्