Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको चण्डीदल गणमा ६८ जना सैनिक दिक्षित

मंगलबार, भदौ २६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा रहेको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको दिक्षान्त समारोहबाट ६८ जना सैनिक दिक्षित भएका छन् ।

गणमा सञ्चालन भएको सि.सं. ५ सैन्य आधार तालिमको दिक्षान्त समारोहमा उहाँहरु दिक्षित हुनुभएको हो । दिक्षान्त समारोहमा बोल्नुहुँदै गणपती एवम् प्रमुख सेनानी बरुण के.सी (खत्री) ले सैनिक जवानहरुलाई सेनाको व्यवसायीकता र पेशागत मर्यादाभित्र रहि देशको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो । 

उहाँले नौ महिने तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गर्नुभएको थियो । प्रमुख सेनानी केसीले नेपाली सेनाको मूल्य, मान्यता र परम्परालाई पालन गर्दै जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र, नेपाली जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो । 

Training samapan photo (5)1694482280.jpg

सी.सं. ५ सैन्य आधार तालिममा उत्कृष्ट हुन सफल पाँच जना सैनिक जवानलाई पुरस्कृत गरिएको थियो । सर्वोकृष्ट हुन सफल चित्रबहादुर बस्नेत, दौडमा प्रथम हुनुहुने प्रजन थापा, फायरिङ्गमा नविन कँवर, बाधापारमा कैलाश शाही र ड्रिलतर्फ प्रवेश रासकोटीले पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँहरूलाई गणपति प्रमुख सेनानी केसीले पुरस्कृत गर्नुभएको हो ।

Training samapan photo (6)1694482328.jpg

गत मंसिर १ गतेबाट सुरु भएको सैन्य तालिमको सोमबार समापन गरिएको हो । दीक्षान्त समारोहस्थलमा दीक्षित हुनुभएका सिपाहीहरूका परिवार फुलमाला सहित शुभकामना र बधाई दिन पुग्नुभएको थियो । समारोहमा रुकुमपश्चिम र रुकुम पूर्वका सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयमा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । 

Training samapan photo (7)1694482402.jpg

Training samapan photo (1)1694482363.jpgतस्बिरहरु सौजन्य : पत्रकार महेश के.सी.

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्