Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी रुपान्तरण अभियान : वाईसियलद्वारा चौरजहारीमा श्रम अभियान सुरु

बुधबार, भदौ २७, २०८०
tribeni2

रुकुम पश्चिम । भदौ १६ गतेदेखि नेकपा माओवादी केन्द्रले देशभर जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियान चलाईरहेको छ । "घरघरमा माओवादी, जनजनमा माओवादी" भन्ने नाराका साथ सञ्चालित यस अभियान अन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा श्रम अभियान सुरु भएको छ ।

माओवादी केन्द्रको युवा संगठन वाईसियल नेपाल चौरजहारीले आज चौरजहारी नगरपालिका १ देखि कृषि कार्यमा संलग्न भएर श्रम अभियान सुरुवात गरेको हो । माओवादी केन्द्र चौरजहारी नगर कमिटीका सचिव एलबी कटुवालका अनुसार चौरजहारी नगरपालिका १ नाखिराका टेकबहादुर गिरीको बारीमा लगाईएको बदाम खन्ने काम गरेर श्रम अभियान सुभारम्भ गरिएको हो । 

योे अभियानलाई नगरपालिकाका १४ वटै वडामा नियमित रुपमा सञ्चालन गरिने सचिव कटुवाले बताउनुभयो । चौरजहारीका किसानको बारीमा पुगेर काम गर्ने र बाली भित्र्याउने काममा सहयोग गरिने वाईसियलले जनाएको छ । 

यस कार्यमा वाईसियल जिल्ला कमिटी, नगर कमिटी र टोल कमिटीका पदाधिकारी तथा सदस्यहरु कृषकहरुको वारीमा पुगेर खाद्यन्नवाली भित्राउने कार्यमा लाग्ने बताईएको छ । नगरपालिकामा रहेका १४ वटै वडामा मकैवाली, वदाम, भटमास, लगाएतका खाद्य तथा नगदेवाली भित्रयाउने र सडक, विद्यालय, सार्वजानिक स्थल लगाएतका विकास निर्माणका कार्यहरुमा वाईसियल खटेको उहाँको भनाई छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले पार्टीको रुपान्तरण अभियानसँगै गाउँमा रहेका सार्वजनिक स्थानहरुको संरक्षण, कृषि कार्यमा हातेमालो, घर तथा सडक मर्मत, बिद्यालय र स्वास्थ्य चौकी सरसफाईका काममा स्थानीयसँग कार्यकर्ताहरु जोडिएर गाउँको विकासमा लागि परेका छन् ।  

पार्टीका सबै तह र तप्काका नेता कार्यहरु गाउँ पसेको पार्टी थप मजबुद बनाउनका साथै श्रमदान गरेर विकासका काममा साझेदारी गरिरहेका छन् ।
माओवादीले अभियानकै क्रममा स्थानीय सरकारले गरेका काम कार्वाही प्रति जनताको धारणा, गुणासो तथा सल्लाह सुझाव पनि संकलन गरीरहेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्