Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वको सदरमुकाम गोलखाडा बनाउने निर्णय बदर

सर्वोच्चको परमादेश : उपयुक्त स्थानमा सदरमुकाम तोक्नु
बुधबार, भदौ २७, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) बनाउने तत्कालीन सरकारको निर्णय  सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

बुधबार सो रिटमाथि सुनु्वाइ गर्दै सर्वोच्चले मन्त्रिपरिषदको उक्त निर्णय बदर गरि मापदण्डका आधारमा उपयुक्त स्थानमा सदरमुकाम तोक्नु भनी सरकारको नाममा परमादेश समेत जारी गरेको हो ।

२०७४ साल माघ १५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) तोक्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्