Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने एकेडेमीमा बाल दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

शुक्रबार, भदौ २९, २०८०
tribeni2

रुकुम पश्चिम । आज भदौ २९ गते, ५९औं राष्ट्रिय बाल दिवस । "बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने नाराका साथ आज देशभर यो दिवस मनाईएको छ । 

यसै क्रममा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङमा रहेको सिस्ने एकेडेमी प्रा.लि. बिभिन्न कार्यक्रमहरुका साथ बाल दिवस मनाएको छ । 

प्रा.लि.का प्रबन्ध निर्देशक बिमल शर्माका अनुसार र्‍यालि सहित विभिन्न प्रतियोगिताहरु आयोजना गरेर दिवस मनाईएको हो । उहाँका अनुसार दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगिता, अंग्रेजी भाषमा वक्तृत्वकला प्रतियोगिता, बिस्कुट रेस र चार सय मिटर दौड प्रतियोगिता सम्पन्न गरिएको हो । 

प्रतियोगितामा उत्कृष्ट स्थानल ल्याउन सफल बिद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका बिच प्रमाणपत्र र पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । 

बाल बालिकाहरुको सर्वपक्षिय क्षमताको विकास, प्रतिभा प्रष्फुटन, उत्प्रेरणा र हौसलाको लागि दिवसको अवसरमा रचनात्मक कार्यक्रमहरु राखिएको प्रबन्ध निर्देशक शर्माले उल्लेख गर्नुभयो । 

377121136_610900150965546_2214636162023132753_n1694791030.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्