Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मानसिक स्वास्थ्य समस्या पहिचानका लागि २२ जना स्वयंसेविकालाई तालिम

शनिबार, भदौ ३०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई तालिम दिईएको छ । 

मानसिक स्वास्थ्य समस्या पहिचान गर्न महिला स्वास्थ्य स्वयंसेविकाले प्रयोग गर्ने सामाग्री सम्बन्धी ३ दिने तालिम शुक्रबार सम्पन्न गरिएको हो । 

सि.एम.सी. नेपालले सञ्चालन गरेको कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्य तथा मनोसमाजिक सहयोग सम्बन्धी महिला स्वयम् सेविका लक्षित तालिम सम्पन्न भएको हो । 

तालिममा मुसिकोट नगरपालिकाका पाँच वटा वडामा कार्यरत २२ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुको सहभागिता रहेको थियो । वडा नम्वर ७, ८, ९, १० र ११ का महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई तालिम प्रदान गरिएको सि.एम.सी. नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीले जानकारी दिनुभयो । 

तालिममा मनोसामाजिक अवधारणा, मनोसामाजिक सुस्वास्थ्य, मानसिक स्वास्थ्य, दिक्दारीपन वा डिप्रेसन, चिन्ता रोग, कन्भर्जन डिसअडरका लक्षण, पहिचान, उपचार विधीका बिषयमा सहजिकरण गरिएको थियो ।

त्यसैगरी छारेरोग, साइकोसिस वा गम्भिर मानसिक समस्या लक्षण, पहिचान, उपचार विधि, आत्महत्या, जोखिमको विश्लेषण, मनोसामाजिक समस्याका लक्षण तथा चार पक्षिय असरहरु, मनोशिक्षा, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तीको पारिवारीक भुमिका र सहयोग, तनाव र तनाव व्यबस्थापन लगयतका बिषयमा तीन दिनसम्म तालिम दिईएको थियो । 

तालिमकाे सहजिकरण सि.एम.सी. नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाही र सर्वजित खड्काले गर्नुभएको थियो । शुक्रबारसम्म चलेको तालिमको समापन सत्रमा वडा नम्वर ६ का वडा अध्यक्ष भानु मल्ल लगायतको उपस्थिति रहेको थियो ।  

377116937_689900673158853_4447709691859811576_n1694832635.jpg

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्