Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : सामुदायिक वन फडानी आरोपमा एक जना पक्राउ, तीन जना फरार

शनिबार, भदौ ३०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

चौरजहारी नगरपालिका वडा नम्वर ११ का ५१ वर्षिय दिल बहादुर शाहलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमबाट खटिएर गएको टोलीले शुक्रबार पक्राउ परेको हो । 

पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

उहाँ बिरुद्ध चौरजहारी नगरपालिका वडा नम्वर ११ स्थित जनकल्याण सामुदायिक वन भित्र प्रचलित कानून विपरित रुख फडानी गरेको आरोप रहेको छ ।

उक्त वन फडानी कार्यमा संलग्न अन्य तीन जना भने फरार रहेको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख शेर बहादुर परियारले जानकारी दिनुभयो । फरार तीनै जनाको खोजी कार्य भईरहेको बताईएको छ । 

उहाँहरु बिरुद्ध जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शान्त बहादुर शाहले समितिलाई जानकारी नै नदिई सामुदायिक वन क्षेत्रका ३१ वटा रुखहरु काटिएको भन्दै चौफा सव डिभिजन कार्यालयमा उजुरी दिनुभएको थियो । 

चौरजहारी नगरपालिका वडा नम्वर ११ को टाटाबाट सर्केना हुँदै जोगिनेटासम्म बिद्युत लाईन बिस्तार गर्ने क्रममा केहि रुखहरु काटिएको बताईएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्