रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाइते

शनिबार, भदौ ३०, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १४ बिकटियामा चट्याङ लागेर दुई जना घाइते भएका छन ।

शनिबार दिउँसो ३ बजेतिर परेको चट्याङले स्थानीय ६३ बर्षिय बिर बहादुर पुन र ३२ बर्षिय तिलक ओली घाइते हुनुभएको हो । घर निर्माणको काम गर्दै गरेको अवस्थामा उहाँहरुलाई चट्याङ लागेको हो ।

चट्याङले ओलीको टाउकोमा चोट लागेको छ भने पुन अचेत अवस्थामा रहेको बताइएको छ ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल लैजान चौरजहारी नगरपालिकाले घटनास्थलतर्फ एम्बुलेन्स पठाएको नगर प्रमुख पुष्प बादिले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्