Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अमेरिकाविरुद्ध नेपाल १७४ रनमै अलआउट

tribeni2

काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टू मा नेपालले अमेरिकालाई मात्र १७५ रनको लक्ष्य दिएको छ । अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा मात्र १७४ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए ।

दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ४९ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि गुल्शन झासँग अर्को ५१ रनको अर्को महत्वूपर्ण पार्टनरसिप गरे ।
कुशल ३६ र गुल्शन २८ रनमा आउट भए । करण केसीले १२, सन्दीप लामिछानेले ११ र विनोद भण्डारीले १० रन बनाए भने अरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले ४ विकेट लिँदा कायल फिलिपले ३ विकेट हात पारे ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  २०:०९
प्रतिक्रिया दिनुहोस्