Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ग्रामिण स्वास्थ्य सुधार परियोजनाका गतिबिधिहरु सार्वजनिक

शनिबार, भदौ ३०, २०८०
tribeni2

रुकुम पूर्व सर्वाङ्गिण विकास केन्द्र रुकुम पूर्वले ग्रामिण स्वास्थ्य सुधार परियोजना मार्फत जिल्लामा संचालन गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराएको छ । शनिवार केन्द्रले पत्रकारहरुसंग अन्तर्क्रिया गरि फेयर मेड फाउन्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेका र आगामी दिनमा संचालन गर्ने गतिविधिको बारेमा जानकारी गराएको हो ।

उपेक्षित उष्ण प्रदेशिय रोग, मातृ तथा नवजात शिशु स्वास्थ्य र अपाङ्गताको क्षेत्रमा रुकुम पूर्व र बाग्लुङमा काम गरिरहेको यस परियोजना सन् २०२२ देखी शूरु भएको थियो भने कार्यावधि २०२५ फेब्रअरीसम्म रहेको छ ।

सिमान्तकृत समुदायको स्वास्थ्य स्थितीमा सुधार ल्याउने लक्ष्यका साथ राखेर काम गरिरहेको परियोजनाले स्वास्थ्य सेवाहरुको पहुँच र गुणस्तर सुधार ल्याउनुको साथै सामुदायिक स्वामित्व प्रवर्धन, चेतना अभिवृद्धि र सामुदायिक सशक्तिकरण लगाएतका कामहरुको गरिरहेको सर्वाङ्गिण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणी गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा फेयरमेड नेपालका विज्ञ सन्दिप घिमिरेले हालसम्म गरेका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो भने सर्वाङ्गिण विकास केन्द्रद्वारा संचालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाले गरेका र भावि दिनमा संचालन गर्ने गतिविधिको बारेमा फिल्ड अधिकृत माधव धामीले जानकारी गराउनुभएको थियो ।

रुकुम पूर्व जिल्लाका तिन वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा आवश्यकतामा आधारित उपकरणहरु, सुत्केरी कुरुवा भान्छा घरको निर्माण, ल्याब सेवा संचालन सहयोग, बर्थिङ्ग सेन्टरमा उपकरण सहयोग गरिएको र भावि योजनामा स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि सम्बन्धिका तालिम संचालन गर्ने, विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गर्ने, अन्य जनचेतनामुलक क्रियाकलाप गर्ने, सुत्केरी कुरुवा भान्छा घरमा सहयोग गर्ने लगाएतका योजनाहरु रहेको समेत अधिकृत धामीले जानकारी गराउनु भएको थियो ।

संस्थामा परियोजना संचलनको लागि २०२३ मा ९५ लाख ८६ हजार ९ सय २८ रुपैयाँ कार्यकारी निर्देशक लिलामणी गौतमले जानकारी गराउनुभयो । संस्थाले स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेको र स्थानीय सरकारको विकासका काममा इट्टा थप्ने काम साथै सरकारले बनाएको नीति र विधिमिा रहेर काम गरिरहेको फेयर मेड फाउन्डेसन नेपालका बिज्ञ सन्दिप घिमिरेले बताउनुभयो ।

सर्वाङ्गिण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा फेयर मेड फाउन्डेसन नेपालका अनुगमन विज्ञ सन्दिप घिमिरे, फेयर मेड फाउन्डेसन नेपालका दानबहादुर कार्की लगायत जिल्लास्थित पत्रकार तथा संचरकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्