सोसल मिडिया
रुकुम पश्चिम । रुकुम कारागारमा रहेका आठ जना कैदीबन्दीको कैद मिनाहा भएको छ ।
नवौ संविधान दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी गरिएपछि ५० प्रतिशत कैद भुक्तान भएका आठ जना कैदीबन्दी कैदमुक्त भएको रुकुम कारागार कार्यालयका प्रमुख प्रवेश बढुवालले जानकारी दिनुभयो ।
आजबाट कैदमुक्त हुनेहरुमा रुकुम पश्चिमका पाँच जना र रुकुम पूर्वका तीन जना रहनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -१ का गोबिन्द कामी, सोहि गाउँपालिका -३ का लोकबहादुर बि.क., मुसिकोट नगरपालिका -९ का शुकलाल दमाई, त्रिवेणी गाउँपालिका -७ का दिपक कुमार डाँगी र आठविसकोट नगरपालिका १२ का शुशिल डाँगी आजबाट कैदमुक्त हुनुभएको हो ।
त्यसैगरी रुकुम पूर्वको भूमे गाउँपालिका -६ का भविष्य के.सी., सोहि गाउँपालिका -१ का भाग प्रताप बुढा र वडा नम्वर ५ का कर्ण बहादुर गुरुङको बाँकि कैद मिनाह भएको रुकुम कारागार कार्यालयले जनाएको छ ।
कैद मिनाहा भएका आठ कैदिबन्दी मध्य रुकुम पूर्वका गुरुङ पशुपंक्षी सम्बन्धी कसुरमा र बुढा नकबजनी चोरी मुद्धामा कारागार चलान हुनुभएको थियो । अन्य ६ जना भने बहुविवाह मुद्धामा जेल चलान हुनुभएको थियो ।
५० प्रतिशत कैद भुक्तान गरी कैदकट्टाका लागि जिल्लाबाट सिफारिस भएको आधारमा संविधान दिवसको अवसरमा उहाँहरुलाई बाँकि कैद मिनाहा गरिएको हो ।