Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटको पुमा खोला तर्ने क्रममा एक जना बेपत्ता

बिहीबार, असोज ४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले बगाएर एक जना बेपत्ता हुनु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ निवासी ५७ बर्षिय हृदय गिरीलाई बिहिवार दिउँसो खोलाले बगाएको हो ।

बाँफिकोट गाउँपालिकाको वडा नम्बर २ पिपलबाट घरतर्फ जाने क्रममा वडा नम्बर १ र २ को सिमानामा रहेको पुमा खोलाले उहाँलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । 

खोला तर्ने क्रममा गिरीलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । सूचना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीय समेतको संलग्नतामा बेपत्ता गिरीको खोजी कार्य गरिरहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्