नेभिगेशन
घटना/दुर्घटना

अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यू

जाजरकोट / जाजरकोट जिल्लाको कुशे गाउँपालिका ८ जिन्तालामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यू भएको छ । सोही ठाउँकी ६३ बर्षीया कालिकादेवी सिंहको अरिङ्गालको टोकाईबाट मृत्यू भएको हो ।

बाख्रा चराउन जंगल गएका बेला कालो अरिङ्गालले टोकेर ज्यान गएको सोही वडाका वडाध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो । मृतक सिंहलाई उपचारका लागि घरङगा स्वास्थ्य चौकीमा लिइएको थियो तर  त्यहाँ उपचार हुन नसकेपछि उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यू भएको बताईएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना