नेभिगेशन
समाज

बन्दुक र बिष्फोटक पदार्थसहित रुकुमका भण्डारी पक्राउ

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बेलुका जिल्लाको मुसिकोट नगरपालिका ६ मैलचौरका ३६ वर्षीय झकेन्द्र भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार आफ्नै घरमा अवैध हतियार लुकाई राखेको गोप्य सूचना पाएपछि प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको ११ जनाको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेका हो ।

भण्डारीको साथबाट प्रहरीले २ नाल भरुवा बन्दुक, भरुवा बन्दुकको पुरानो नाल १ थान, नाल बनाउन प्रयोग हुने पाइप १ थान, सर्ट गनको कार्टिज ५ थान, बारुद बनाउन प्रयोग गरिने पदार्थ ५० ग्राम, सोडा जस्तो देखिने पदार्थ ५ सय ग्राम पनि बरामद गरिएको छ ।

फलामको छर्रा ६ थान, फलामको रडका टुक्रा १५ थान क्यापमा प्रयोग हुने पटका २० रोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बारुद जस्तो देखिने पदार्थ ५ सय ६५ ग्राम र ९० ग्रामको दुई डिब्बा, वायरिङ १४ थान, साइकलको वायरिङ १५० थानसहित भण्डारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

पक्राउ परेका भण्डारीलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज